इनरुवा : सुनसरीको सदरमुकाम इनरुवास्थित सुनसरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् ।
शनिबार भएको मतदानमा कूल ६६ मतमध्ये ३८ मत प्राप्त गर्दै ढकाल निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दिलीपचन्द्र साहुले २५ मत प्राप्त गरे ।
यस्तै, ढकाल प्यानलका सदस्यहरू मिरा पोखरेल, जमुना गौतम पोखरेल, शुष्मा ढकाल, तोया गिरी पोदार, हरिलाल मेहता, महिचन साह, चन्देश्वर खत्वे र सुनिल कुमार साह विजयी भएका छन् ।
२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निष्क्रियताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा थिए ।














Discussion about this post