तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका ४ स्थित तमोरनदीको पिनासी घाटमा अवस्थामा पुरुषको शव फेला परेको छ ।
पिनासी घाटको पश्चिमतर्फको किनारामा मंगोलियन अनुहार भएका अन्दाजी २०।२५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक विद्या सागर मेहताले पुष्टि गरे।
शवलाई नदी किनारको ढुंगाको चेपमा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा छाला पिल्सिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान भने हुन सकेको छैन । शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ती बजारमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



















Discussion about this post