इटहरी : इटहरीमा रहेको महिला जागरण नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आँखा शिविरको आयोजना गरेको छ ।
इटहरी ५ मा ८ वर्षअघि स्थापना भएको महिला जागरण नेपालले नवदृष्टि आँखा अस्पताल सँगको सहकार्यमा आयोजित शिविरमा एक सय ५८ जना सर्वसधारणहरूको आँखा परीक्षण गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले बताइन् ।
नवदृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाको संयोजनमा गरिएको परीक्षणमा १२ जना मोतिया बिन्दुका बिरामी फेला परेका थिए । यस्तै, चारजनाको आँखामा मासु पलाएको पाइएको छ ।
शिविरमा २५ जना आँखाका बिरामीहरूलाई सहुलियत रूपमा चस्मासमेत वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । शिविरमा इटहरीका ५, ६, १, २० तथा १७ नम्बर वडाका मानिसहरूको सहभागिता रहेको थियो ।














Discussion about this post