पाँचथर : पाँचथरमा भरुवा बन्दुक बोकेर साथीसँग जंगल गएका एक युवकको मृत्यु भएको छ ।
फिदिम नगरपालिका ९ निवासी २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो ।
स्थानीय मनबहादुर सम्बाहाम्फेसँग भरुवा बन्दुक लिएर फाल्गुनन्द १ को जंगलमा गएका सारुलाई बन्दुक पड्केर पेटमा लाग्दा मृत्यु भएको हो । बन्दुक सारुले नै बोकेका थिए ।
उनीसँगै बन्दुक लिएर जंगल गएका ३३ वर्षीय सम्बाहाम्फेलाई बुधबार भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।














Discussion about this post