इटहरी : तरकारी लोड गरिएकोजस्तो देखिने दुई ट्रकमा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरीले इटहरीबाट करिब पाँच हजार किलो गाँजा बरामद गरेको छ।
इटहरी उपमहानगरपालिका–५ स्थित स्यार्सेकाली पेट्रोल पम्पबाट आइतबार बिहानको राति करिब १ः३० बजेतिर शंकास्पद अवस्थामा रोकिएका दुई ट्रकबाट करिब पाँच हजार किलो गाँजा बरामद गरिएको हो।
बरामद भएको गाँजा ना ४ ख २९०१ नम्बरको ट्रक र बा ५ ख ११६९ नम्बरको मिनी ट्रकमा लोड गरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
खानतलासी गर्दा ट्रकमा तरकारी राखिएको भए पनि त्यसैभित्र लुकाइराखिएको एक सय ५८ बोरा गाँजा फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमान्डमा २१ जना टोली परिचालित थियो।
सो क्रममा बरामद गाँजा, ट्रक तथा मिनी ट्रक नियन्त्रणमा लिइएको छ भने चालक तथा सहचालक फरार भएका छन्।
उनीहरूको खोजी गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।














Discussion about this post