Saturday, May 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा विकेश र किरणका कविता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १०, २०७७
in कला साहित्य, समाचार
0
इटहरीमा विकेश र किरणका कविता
388
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ऊ गएछ समुद्रतिर
त्यहाँ उसले
समुद्रको जीवनवादी गीत सुनेछ
छालहरूको सङ्घर्षमय जीवन नियाँलेछ
समुद्रको बालबच्चासँग खुब खेलेछ
माछाहरूको प्रेरणादायिक कथा सुनेछ
बडेमान जहाजहरूको हर्षाेल्लास देखेछ
अनि बुझेछ –
दुःखभित्र नै सुख लुप्त हुँदोरहेछ ।

इटहरीका कवि विकेश कविनले ‘मान्छे र समुद्र’ शीर्षकको कविता सुनाउँदा हलमा जम्मा भएका साहित्यअनुरागीले परर्र ताली बजाए ।

शुक्रबार साँझ इटहरीमा रहेको डि–सनसाइन क्याफेले आयोजना गरेको ‘कफि, कवि र कविता’ नामक कार्यक्रममा कवि कविनले आफ्नो पहिलो कविता सुनाएर जम्मा भएका मानिसको ध्यान एकाग्र बनाए ।

उनले कार्यक्रममा आधा दर्जन कविता सुनाएका थिए । इटहरी आसपासका दुई दर्जन बढी मानिसहरु भेला भएको कार्यक्रममा उनले ‘मान्छे र समुद्र’, ‘निश्चल वसन्ती’, ‘विनाश’, ‘फूलहरुको महाक्रान्ती’, ‘जीवनको चिप्लेटी’ र ‘एकादेशमा रुखहरु थिए’ शीर्षकका कविता सुनाएका थिए ।

आमन्त्रित अतिथिहरु कफिको चुस्कीसँगै कवितामा रमाउन पाउँदा प्रफुल्ल देखिन्थे ।

आदि बाटोमा भएर होला हामीले,
घाम आधामात्र बुझ्यौं,
जून आधामात्र बुझ्यौं,
अँध्यारो–उज्यालो सबै–सबै आधामात्र बुझ्यौं,
तर,
बाटो अपुरै छोडेर हो,
हामीले प्रेमलाई पूराका पूरा बुझ्न सकेका ।

अर्का कवि किरण चौलागाईँ ‘शून्यानन्द’ ले ‘आधा बाटो’ शीर्षकको कविता सुनाउँदा उपस्थित मानिसहरु एक अर्कामा कानेखुशी गर्दै वाहवाही गरिरहेका थिए ।

अन्य समयको साहित्यिक माहोल भन्दा भिन्न रहेको उक्त कार्यक्रममा शून्यानन्दले ‘आधा बाटो’, ‘एउटा मन छ’, ‘उचाई’, ‘एकछिनमा जे पनि हुन सक्छ’, ‘दुश्मन’ र ‘सम्बन्ध’ शीर्षकका कविता सुनाएका थिए ।

आँफूहरुले केही पृथक गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सफल पौडेलले बताए ।

रचनात्मक काम गर्न आँफूहरु उत्प्रेरित रहेको उदृत गर्दै उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताए ।

‘कविता पनि टिकटमा सुनिनुपर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम गरिएको हो,’ कार्यक्रम संयोजक युवराज काफ्लेले भने, ‘नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ भन्नका लागि पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ ।’

उनले हरेक महिनाको एउटा शुक्रवार कार्यक्रम गरिने बताउँदै नयाँ पुस्तालाई समेट्ने दाबी गरे । थोरै रकमको भएपनि टिकटमा कविता सुन्ने बानी बसाल्नका लागि आँफूहरुले टिकटमा कविता आयोजना गरिएको काफ्लेको भनाई रहेको थियो ।

 

Tags: #साहित्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)
FEATURE BREAKING

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८३
0

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार अर्थमन्त्री...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ। प्रदेश राजपत्रमा ‘प्रदेश...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

जेष्ठ १५, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

जेष्ठ १५, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

इटहरी आउँदै गरेको पिकअपको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

जेष्ठ १५, २०८३
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

जेष्ठ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक (पूर्णपाठ)

जेष्ठ १५, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

जेष्ठ १५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

जेष्ठ १५, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

जेष्ठ १५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    899 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.