झापाको कचनकवल गाउँपालिका–६ बनियानी चोकमा डिउटीमा रहेका प्रहरीलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बनियानीबाट गएको प्रहरीले मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई हेलमेट लगाउनु भनेर रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post