Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ११, २०७७
in समाचार
0
प्रविण मृत्यु प्रकरण : इन्स्पेक्टर उद्धव पोखरेल सहित चार आरोपी अनुसन्धानमा तानिए
486
SHARES
Share on FacebookShare on Twitter

मोरङ । मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनुसन्धानमा तानिएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो ।

साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु उर्लाबारी ६ का ३१ वर्षीय राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी र दिपेश पौडेललाई प्रतिवादी बनाएर कार्वाही अगाडि बढाएको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो ।

प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो ।

तर उनीहरुलाई छाडिएको एक महिना पनि बित्न नपाउँदै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामा नै त्रुटि रहेको आफन्तले फेला परेपछि पोख्रेलसहित राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी, दिपेश पौडेल र मेहरमान दर्जी पुनः अनुसन्धानको दायरामा परेका छन् ।

यसरी व्युँतियो बास्कोटा मृत्यु प्रकरण
गत आइतबार मृतकका परिवार र केही स्थानीयको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्तोलाको मिसिल फाइल देखाउने क्रममा मिसिलमा मृतक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य असम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो ।

प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । मिसिलमा झट्ट हेर्दा मृतक बास्तोला जस्तै देखिने अन्य व्यक्तिको फोटोसहित तीन वटा फोटो समावेश गरिएको छ ।

जहाँ मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको छ । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको र प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तले दाबी गरेका छन् । फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको मृतक प्रविणका बुबा प्रेम बास्तोलाले बताए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै उर्लाबारीस्थित आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयले सोमबार पनि इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरे पनि अनुसन्धान प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने सहमति हुन सकेन ।

बरु उल्टै प्रहरीले झनै दवाब सृजना गरेको भन्दै न्यायको माग गर्न मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ जाने तय भएको मृतककी बहिनी दुर्गा बास्तोलाले बताइन् ।

प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको परिवार र स्थानीयको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै बास्तोला परिवार सडकमा आउनु परेको स्थानीयको भनाइ छ ।

मृतक बास्तोलाको परिवार भने आइतबारदेखि प्रहरी निरीक्षक पोख्रेलको राजीनामा, आरोपीहरुलाई कार्वाहीको माग र मृतक प्रविणको न्यायका लागि संघर्षरत रहँदै आएको छ ।

डीएसपीको नेतृत्वमा छानविन समिति
अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए ।

तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए ।

यो पनि – उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

हाम्राकुराबाट ।

Tags: #मोरङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.