ईलाम : ईलामस्थित घरबाट हराएका एक पुरुष ४० वर्षपछि भेटिएका छन् । घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ । वि.सं. २०३७ सालमा ईलामबाट हराएका दीपक मिम्सिना भारतको कोलकाताको एउटा कारागारमा भेटिएका हुन् ।
बीबीसीका अनुसार ईलामबाट हराउँदा २० वर्षका उनी केही दिन अघि आफन्तले कोलकतास्थित जेलमा भेटेका थिए ।
उनी विरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिएको थियो । तर, चार दशकसम्म सो मुद्दा किनारा लागेको छैन । मुद्दा किनारा नलागेका कारण उनी कारागारमै बसेका हुन् ।
बीबीसी नेपाली सेवासँग परिवारका सदस्यहरूले बताए अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे । एकदिन उनी तोरीको पोको बेच्न भनेर ईलामको मङ्गलबारे हिँडेका थिए । तर, त्यसपछि उनी घर फर्केर आएनन् ।
आफन्तले माया मारिसकेका थिए । तर, केही दिन अघि आफन्तले जेलमा भेटेका थिए । दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका केही दिन अघि कलकतामा उनलाई भेटेका थिए ।
तस्वीरमा छोरा भेटिएपछि हर्षित आमा धनमाया तिम्सिना ।
बीबीसी नेपाली सेवाको सहयोगमा ।














Discussion about this post