इटहरी : इटहरीमा एकदिने फुड एन्ड बेभरेज फेस्टिबल भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्ला होटल व्यवसायी, पर्यटन संघ सुनसरीको आयोजना तथा प्रिमियर होटल स्कुलको व्यवस्थापनमा इटहरी रंगशालामा एकदिने फुड फेस्टिबल भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य आकर्षण बेलायतको बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साह रहेका थिए ।
प्रदेश १ को आन्तरिक पर्यटन प्रबर्द्धन तथा विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि उक्त फेस्टिबलको आयोजना गरिएको प्रिमियर होटल स्कुलका सिइओ सुनिल भुसालले बताए ।
उनका अनुसार फेस्टिबलमा सोही स्कुलमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेका स्वदेशी तथा विदेशी गरी नौ ओटा खाद्य परिकारका स्टल राखिएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिबलमा नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी, नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम (नाटा) का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल स्वीस चेम्बर अफ कमर्सका सभापति खेमराज लकाई, पाटा नेपालका सिइओ सुरेशसिंह बडाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चर्चित गायक सुगम पोखरेल, गायिका एलिना चौहान, समीक्षा अधिकारी, किरण भुजेल, प्रकाश ओझा, हाँस्यकलाकार सुमन कोइराला लगायतले मनोरञ्जन दिएका थिए ।














Discussion about this post