धरान: प्रदेश १ स्तरीय वराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि महेन्द्र क्याम्पस र डिपो क्याम्पसले चुमेको छ ।
बिहीबार भएको फाइनल खेलमा महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेको हो भने डिपो क्याम्पसले महिला तर्फको उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनल खेलमा महेन्द्रले डिपोलाई ४३–३७ अंकले हराउदै उपाधि जितेको हो । महेन्द्र र डिपोले प्रत्येक क्वाटरमा ८–६, १२–३, १३–८ र ११–२० अंक जोडेका थिए ।
यस्तै, महिलातर्फ डिपोले विष्णु मेमोरियललाई ४२–६ अंकले हराउदै उपाधि जित्यो । दुवै टिमले प्रत्येक क्वार्टरमा प्रत्येक क्वाटरमा १०–२,८–०,११–२ र १३–२ अंक जोडेको थियो । पुरुष तर्फको विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
महिलातर्फको विजेता टिमले नगद १० हजार र उपविजेता टिमले नगद ५ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, वराह ग्रुपका पव्लिक रिलेशन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा, नेपाल ख्रिट्रियन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ्ग, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए
तस्वीरहरु : लक्ष्मण थापा । धरान ।












Discussion about this post