इटहरी : इटहरीमा भोलीदेखि वडाअध्यक्ष अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ ।
इटहरी भलिबल क्लबको आयोजना तथा वडा नं ४ को संयोजनमा हुने प्रतियोगिता छात्र र छात्रा दुबै बिधामा हुने आयोजक क्लबका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
छात्रतर्फ सुनसरी जिल्लाभरीका १२ वटा कलेज सहभागी हुनेछन भने छात्रातर्फ ११ कलेजले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा इटहरी, धरान, दुहबी र रामधुनीका बिभिन्न कलेजका बिद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । इटहरी रंगशाला स्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा बिजेता टोलीले नगद १० हजार सहित शिल्ड र उपबिजेताले ५ हजार सहित शिल्ड हात पार्ने आयोजकले जनाएको छ ।
भलिबलका अहिलेसम्म हुँदै आएका अधिकांश खेल क्लव स्तरमा र राष्ट्रिय प्रतियोगिताका रुपमा मात्रै हुँदै आएका छन् । कलेजस्तरमा पनि खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादन गर्ने उदेश्वले प्रतियोगिता गर्न लागिएको बताइएको छ ।












Discussion about this post