धरान : गोर्खा सैनिकसँग जोडिएका बिषय तथा विसंगतिहरुबारे समाचार संकलन गर्ने सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बासहित तीन जना पत्रकारहरु पुरस्कृत भएका छन् ।
धरान १८ स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार एक कार्यक्रमको आयोजना गरि वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरेको हो ।

सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कारबाट धरानका अग्रज पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्तरुपमा पुरस्कृत गरेको हो । उनीहरु दुवैलाई धरानका मेयर तिलक राईले ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।
यस्तै, नवप्रतिभा पुरस्कारबाट सञ्जिता धमलालाई नगद बीस हजार रुपैँयासहित पुरस्कृत गरिएको छ ।

तस्वीरहरु : लक्ष्मण थापा ।














Discussion about this post