इटहरी : कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । सहरी विकासमन्त्री प्रभु साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
यस्तै, २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले जानकारी दिए ।
रात्रीकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ ।
सीसीएमसीले कोरोनाबाट अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।












Discussion about this post