सुनसरी : सुनसरी प्रहरीले मास्क खै ? अभियान पुनः संचालनमा ल्याएको छ ।
समुदायमा संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै सुनसरी प्रहरीले उक्त अभियान संचालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट मास्क खै ? अभियान थालेको छ ।
प्रहरीले सर्वसाधारणले अटेर गर्ने क्रम नरोकिएको भन्दै सचेतनाका लागि अभियान थाल्नु परेको जनाएको छ ।
अभियान अन्र्तगत प्रहरीले अनिवार्य मास्क प्रयोगमा जोड दिदै स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्न थालेको छ । प्रहरीले स्वयं सचेत हुन आवश्यक रहेको भन्दै हेलचेक्राई नगर्न अभियान मार्फत आग्रह गर्न थालेको हो ।
इनरुवामा प्रहरी निरीक्षक जयदेव माझी र मिनादेवी राई सहितको टोलीले बजार क्षेत्रमा सचेतना सहित अनिवार्य मास्कको प्रयोग सम्वन्धि कार्यक्रम संचालन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अभियान जिल्लाभर संचालन गरिने छ । प्रहरी प्रमुख कमल थापाले जोखिम बढ्दा समेत सर्वसाधारणको हेलचेत्रक्राई नरोकिएकाले सचेत गराउन सर्वसाधारण लक्षित अभियान चालिएको बताए ।














Discussion about this post