इटहरी : आज (शनिबार) अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।०७९ को बजेट सार्वजनिक गर्दै छन् ।
प्रतिनिधिसभा विघटनपछि राजनैतिक रुपमा उत्पन्न जटिल परिस्थितिबीच सरकारले १६ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अर्थमन्त्री पौडेलले बजेट पस्तुत गर्नेछन् ।
संसद् विघटनका कारण प्रि बजेट छलफल बिनै अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागिएको छ । जटिल अवस्थाकै कारण बजेट भाषणभन्दा एक महिनाअघि ‘नीति तथा कार्यक्रम’ राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलनसमेत तोडिएको छ ।
यसअघि, नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।














Discussion about this post