इटहरी : इटहरीमा रहेका चार हस्पिटल खुल्ला रहने भएका छन् ।
इटहरी मुख्य चौकका चार हस्पिटल खुल्लै रहने भएका हुन् । सामान्य मेडिकल बन्द रहेको अवस्थामा इटहरीको बेदान्त हस्पिटल, पशुपति हस्पिटल, सामुदायिक हस्पिटल र एपेक्स हस्पिटल खुल्ला रहेका हुन् ।
बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठका अनुसार अहिले कोरोना भाइरसका कारण देश विपद्को अवस्थामा रहेकाले आँफूहरुले क्वारेन्टाइनका लागि हस्पिटलको बेड दिईने समेत बताए । उनका अनुसार यी चारवटै हस्पिटलले क्वारेन्टाइनका लागि बेड दिईने घोषणा गरिसकेका छन् ।
उनले भने, अहिले देशमा संकट छ, तर यो संकटको बेला नै हामीले योगदान पुर्याउनुपर्छ भन्ने लाग्छ ।
कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...





















Discussion about this post