इटहरी : इटहरीमा रहेका चार हस्पिटल खुल्ला रहने भएका छन् ।
इटहरी मुख्य चौकका चार हस्पिटल खुल्लै रहने भएका हुन् । सामान्य मेडिकल बन्द रहेको अवस्थामा इटहरीको बेदान्त हस्पिटल, पशुपति हस्पिटल, सामुदायिक हस्पिटल र एपेक्स हस्पिटल खुल्ला रहेका हुन् ।
बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठका अनुसार अहिले कोरोना भाइरसका कारण देश विपद्को अवस्थामा रहेकाले आँफूहरुले क्वारेन्टाइनका लागि हस्पिटलको बेड दिईने समेत बताए । उनका अनुसार यी चारवटै हस्पिटलले क्वारेन्टाइनका लागि बेड दिईने घोषणा गरिसकेका छन् ।
उनले भने, अहिले देशमा संकट छ, तर यो संकटको बेला नै हामीले योगदान पुर्याउनुपर्छ भन्ने लाग्छ ।
चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी
झापा : चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल...
















Discussion about this post