धरान : चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ ।
संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाता चौकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप दुई हजार एक सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए ।
स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ ।
गत फागुनमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारी लगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।
धरान उपमहामहानगरपालिकाका मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरीक्षण गर्न पुगेका थिए ।














Discussion about this post