इटहरी (डेस्क) : ओखलढुंगा र पाँचथरमा लडेर दुईजनाको मृत्यु भएको छ ।
ओखलढुंगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ वर्षीय बीरबहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बिहीबार बेलुका बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारेर घरमा ल्याई पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको फुस्रेडाडाको भीरबाट लडेर मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post