खोटाङ : खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ वर्षीय तुलबहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान ६ बजे मगरको घर नजिकै भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडेर उनको मृत्यु भएको हो ।
घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post