नियमित रुपमा भइरहेका परिक्षा कोभिड १९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा गई परीक्षा दिन पाउने छन् ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४ र ३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड १९ का कारण वैशाख १३ गतेपछिका सबै परीक्षाहरु स्थगित भएका थिए ।
परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय जवाफदेही नहुने जनाएको कुरा सूचनामा उल्लेख गरिएको छ ।
कुनै कारणबस परीक्षा फारम छुटेकाले असार १५ गतेभित्र भरिसक्नुपर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ ।
परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न र भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्याइ परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।
साथै प्राइभेट आंशिक परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न सूचित गरेको छ ।
कुन तहको परिक्षा कहिले हेर्नुहोस् सूचना













Discussion about this post