इलाम : उच्च अदालत विराटनगर, इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ ।
जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई हाल इलाम नगरपालिका ७ मा कोठा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षीया विमलादेवी निरौला पराजुली २८ गते सोमबार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।
एकजना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको र थप अनुसन्धानको लागि संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली झिकाएर अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ वर्षीय युवराज बाँनियाको संग्लग्नता रहेको देखिएसंगै बाँनियालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका बाँनियाले घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














Discussion about this post