इलाम : इलामको माङ्सेबुङ गाउँपालिका–४ मार्चेबुङस्थित दमक–रवि कच्ची सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर बुधबार राति एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।
दमकबाट इलामतर्फ जाँदै गरेको मे ८ प ६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा माङसेबुङ–४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफै अनियन्त्रित भएको मोटरसाइकल सडकबाट लगभग एक सय मिटर तल खसेको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा झापाको बि एन्ड सी अस्पताल बिर्तामोडमा राति ९ः४८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post