इटहरी : इटहरीमा साथीमार्टले नयाँ आउटलेट संचालनमा ल्याएको छ ।
शनिबार एक कार्यक्रममा बीच मार्टले नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले शाखाको उद्घाटन गरे । मार्टले मिलनचोक, इटहरीमा नयाँ आउटले संचालनमा ल्याएको हो ।
करीबतीन करोड रुपैयाँ लागतमा संचालनमा ल्याइएको शाखामा साथीमार्टको प्रदेश १ को क्षेत्रीय कार्यालय तथा गोदाम (वितरण केन्द्र) समेत रहने बताइएको छ ।
मार्टमा ओ टु ओ (अनलाइन टु अफलाइन) दुवै सुबिधा उपलब्ध छ ।
ओ टु ओ मार्ट भएकाले इटहरी र आसपासका उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमार्फत आफूलाई आवश्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।
इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध रहेको छ।
मार्टमा ग्राहकले ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहेको छ ।
स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले संचालन हुने नेपालकै पहिलो मार्ट हो। साथै, ग्राहकलाई पिकअप सम्मको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।













Discussion about this post