इटहरी : आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ ।
वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा सु–स्वास्थ्य तथा दीर्घायुको शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
विगतका वर्षहरुमा देश विदेशमा रहेका नेपालीहरुले एकआपसमा नजिकका साथीभाईहरु भेटघाट घरी रमाईलो गरेर नयाँ वर्ष मनाउँने प्रचलन रहेको थियो । तर, यस वर्ष भने कोरोना भाइरसका कारण कुनै उमंग र उत्साह छैन ।
होटल, रेष्टुरेन्ट, पार्क लगायतका बन्द रहेको र लकडाउन भएका कारण नयाँ वर्ष घरको कोठामा बसेर मनाउँनुपर्ने बाध्यता छ ।
राजधानीको पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न मठ, मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीँड हुन्थ्यो, विगतका वर्षहरुमा । तर, यसवर्ष भने घरबाहिर निस्कन नपाउँने भएका कारण पनि मन्दिरहरुमा भीँड छैन ।
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...















Discussion about this post