विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा एक पुरुष मृत भेटिएका छन् ।
सुनसरीको जिल्ला अस्पताल इनरुवाको ओपिडी पुर्जा हातमा बोकेको अवस्थामा कोसी अस्पतालको ओपिडी भवनमा रहेको शौचालयमा मङ्गलबार दिउँसो साढे १ बजेतिर शव भेटिएको हो ।
ओपिडी पुर्जामा लेखिएअनुसार मृत भेटिएका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको प्रहरीले जनाएको छ ।
घोप्टो परेर लडिरहेको अवस्थामा पुरुषलाई मृत फेला पारिएको र घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














Discussion about this post