इलाम : इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकेर राखेको पिकअप गाडी पछाडि सरेर किच्दा सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षीय खिर बहादुर तामाङ रहेका छन् ।
बिहीबार बेलुका इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्दा किचेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरीका ३० वर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post