इटहरी : इटहरीमा रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गर्दै सपोर्टले आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको हो ।
सपोर्ट लघुवित्तका अध्यक्ष प्रदीप अधिकारीका अनुसार संस्थाले आर्थिक बर्ष २०७७।७८ तथा यसअघिको संचित मुनाफाबाट चुक्ता पुँजी छ करोड ६० लाखको ३० प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैँया बराबरको रकम बोनस सेयर दिने निर्णय पारित गरेको हो ।
सपोर्टले आफ्ना सेयर धनीलाई बोनस सेयर प्राप्त गर्दा तिर्नुपर्ने कर प्रयोजनका लागि १० लाख ४२ हजार १ सय ५ रुपैया बराबर नगद लाभाँश समेत बाँड्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।
उनका अनुसार यसै वर्ष संस्थाले विभिन्न ६ स्थानमा शाखा समेत स्थापना गरेको छ ।
लघुवित्तले आर्थिक बर्ष २०७७।७८ मा १९ करोड ९९ लाख ९३ हजार ९ सय ७३ रुपैया निक्षेप संकलन गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तको निक्षेप १६ करोड ९८ लाख ३२ हजार २८ रुपैयाँ थियो ।














Discussion about this post