मोरङ : मोरङको बिराटनगर महानगरपालिका ३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ वर्षिय पारस कालिकोटे रहेका छन ।
आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको भन्ने गोपय सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post