Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा प्रधानमन्त्री शेरबहादुर देउवा : चार घण्टा पर्खाएर तीन मिनेट सम्बोधन (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २०, २०७८
in टाकुरा विशेष, समाचार
0
धरानमा प्रधानमन्त्री शेरबहादुर देउवा : चार घण्टा पर्खाएर तीन मिनेट सम्बोधन (भिडियो)

तस्वीर : लक्ष्मण थापा ।

371
SHARES
Share on FacebookShare on Twitter

धरान : मंगलबार धरानमा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा यहाँका मानिसहरूको भीड थियो ।

धरान उपमहानगरपालिकाको १२१ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘धरान उत्सव’ कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउने भएपछि ११ बजेदेखि नै आम मानिसहरू पर्खिरहेका थिए ।

तर, देउवा २ बजे मात्रै कार्यक्रम स्थलमा आइपुगे । उद्घाटन समारोहमा आउनुअघि उनले धरानमा रहेका अन्य कार्यक्रमहरूमा पनि सहभागी भए ।

हेलिकोप्टरमार्फत धरान आएका उनले यसअघि बिहान साढे १० बजे धरान २ मा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गरेका थिए ।

तीनवटा कार्यक्रममा सहभागी भएपछि मात्रै धरान उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले तीन मिनेट मात्रै सम्बोधन गरेका थिए । करीब चार घण्टा पर्खिएका मानिसहरूले देउवाको तीन मिनेट मात्रै सम्बोधन सुन्दा खिन्नता भएको आशय प्रकट गरेका थिए ।

पार्टी भवनको उद्घाटनको क्रममा उनले कांग्रेसको भविष्य बनाउन पार्टीमा एकता जरुरी रहेको टिप्पणी गरे । पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित भएपछि पहिलोपटक जिल्ला भ्रमणमा निस्किएका देउवाले भने, ‘पार्टीमा भविष्य बनाउन एकता जरुरी छ, यसको सुरुआत धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, देउवाले धरान ६ पानवारीस्थित निर्माण भएको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका छन् । यस्तै, धरान ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कको पनि अवलोकन गरेका थिए ।

तीनवटा कार्यक्रममा सहभागी भएपछि मात्रै धरान उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले तीन मिनेट मात्रै सम्बोधन गरेका थिए । करीब चार घण्टा पर्खिएका मानिसहरूले देउवाको तीन मिनेट मात्रै सम्बोधन सुन्दा खिन्नता भएको आशय प्रकट गरेका थिए ।

‘पौराणिक मठमन्दिर आफैँमा धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सरकारले धरान उपमहानगरपालिकासँग समन्वय गरेर विकास निर्माणका काम पनि अगाडि बढाउने नै छ ।’

प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारका निम्ति सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

‘वीपी प्रतिष्ठानको विषयमा सरकारले गम्भीर भएर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘यहाँ भएको आर्थिक अनियमितताको सुधारका निम्ति कुनै कसर बाँकी राख्दैनौँ ।’ यहाँ भएका समस्या छानबिन गरी निकास ल्याउन सरकार लागि परेको उनको दाबी थियो ।

धरानलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउनका निम्ति सरकार प्रतिवद्व रहेको उनले बताए ।

यहाँ शिक्षा र स्वास्थ्यको स्तरोन्नतिका निम्ति सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने बताउँदै उनले बसोबासको हिसाबमा पूर्वकै उत्कृष्ट रहेको यस ठाउँमा धार्मिक पर्यटनमा फड्को मार्न सक्ने देउवाले बताए ।

‘पौराणिक मठमन्दिर आफैँमा धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो,’ प्रधानमन्त्री देउवाले भने, ‘सरकारले धरान उपमहानगरपालिकासँग समन्वय गरेर विकास निर्माणका काम पनि अगाडि बढाउने नै छ ।’

धरान उपमहानगरले स्थापना दिवसको अवसरमा मंगलबार नगरभरी सार्वजनिक विदा दिएको थियो । धरानले हरेक वर्ष पौष २० गते स्थापना दिवस मनाउने गरेको मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार यस वर्ष विविध कार्यक्रमसहित पौष २० देखि २३ गतेसम्म तीन दिन धरान उत्सव मनाउनेगरी कार्यक्रम शुभारम्भ भएको छ ।

भिडियो

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषशेरबहादुर देउवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.