धरान : प्रेस चौतारी धरान उपमहानगर समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा रोशन दाहाल चयन भएका छन् ।
लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्व दाहाललाई आइतबार अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।
यस्तै, उपाध्यक्षमा रमेश राई र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल, सहसचिवमा सन्देश तिम्सिना, ललित राई र कोषाध्यक्षमा देवीका चाम्लिङ चयन भएका छन् ।
१३ सदस्यीय समितिमा सदस्यहरूमा मौसमी कार्की, स्नेहा श्रेष्ठ, प्रतीक्षा बिशुन्खे र आइतुमाया तामाङ चयन भएको प्रेस चौतारी सुनसरीका सचिव दिनेश गजमेरले बताए ।












Discussion about this post