इलाम : इलामको रोङ गाउँपालिका २ मा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोङ २ बरफल्याङका २७ वर्षीय सुवास नेपाल रहेका छन् । घर नजिकै रहेको साजको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाइते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














Discussion about this post