विराटनगर : वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ ।
सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताए ।
सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई नयाँ ढङ्गको सिकाई प्रदान गर्नका लागि कोठाभित्र थुनेर भन्दा पनि प्रयोगात्मक सिकाई आवश्यक रहेको उनले बताए ।
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ४ मा जाल्पा माविको पुनःनिर्मित भवनको उद्घाटन समारोहमा उनले भने, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिनुपर्यो ।
विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुने भन्दै यस प्रकारको सिकाइ तोड्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।
हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए ।
उनले विद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप साथै शैक्षिक गतिविधिबारे विद्यार्थीसँग संवाद समेत गरे ।












Discussion about this post