परदेशको कथा पीडा आफ्नै छ । यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्दसंगीत स्वरमा नयाँ गीत परदेशले मलाइ रुवायो सार्बजनिक भएको छ ।
आफ्नो देश, घर–परिवार, छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ ।
बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा सुन्न सकिन्छ ।
Discussion about this post