खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छन् ।
विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले नोबेल अस्पताल विराटनगर रेफर गरेको छ ।
शिक्षिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् ।
पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका विषयमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् ।
यता, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला खत्रीले घटनाबारे विवाद भएको स्वीकार गरिन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन् ।













Discussion about this post