तरहरा :नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको सभापतिमा सुमन दाहाल निर्वाचित भएका छन् ।
निर्वाच न अधिकृत बालकुमार पोखरेलका अनुसार ४५१ मतदातामध्ये कुल २५२ मत खस्दा दाहालले १३३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी भरत खतिवडा (केसी)ले ११० मत प्राप्त गरे ।
यस्तै, उपसभापतिमा विना भुजेल (पराजुली) ले १४८ मत प्राप्त गर्दै निर्वाचित भइन् भने निकटतम प्रतिद्वन्दी पूण्यप्रभा गुरागाईँले ८९ मत प्राप्त गरिन् ।
सचिवमा सबिन खत्रीले ११७ मत प्राप्त गर्दै विजयी भए । सचिवकै उम्मेदवार जीवन गिरीले ९६ मत ल्याउँदा वसन्त घिमिरेले १८ मत प्राप्त गरे ।
यस्तै, उपकोषाध्यक्षमा विनोद कार्कीले १४२ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी सन्तोष कटवाल थिए ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् ।














Discussion about this post