झापा : झापाबाट प्रहरीले तस्करीको सुपारी र रजनीगन्धा मङ्गलबार साँझ बरामद गरेको छ । सुपारी नेपालबाट भारततिर र रजनीगन्धा भारतबाट नेपालतिर तस्करी हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट गएको टोलीले साँझ तिर मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट एक सय २० किलो सुपारी बरामद गरेको छ । नेपालबाट भारततिर लग्दै गरेको ८० हजार रूपैयाँ बराबरको सुपारी बरामद गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोलीले मेचीनगर–६ बाट एक लाख मूल्य बराबरको रजनीगन्धा बरामद गरेको छ । भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा ५० बन्डल रजनीगन्धा बरामद गरिएको जानकारी पाठकले दिएका छन् ।
सुपारी र रजनीगन्धा गरेर एक लाख ८० हजार मूल्य बराबरको सामान बरामद भएको उनको भनाइ छ । बरामद सुपारी र रजनीगन्धा प्रहरीले आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ ।














Discussion about this post