उदयपुर : उदयपुरको कटारी नगरपालिका १० सोतास्थित ६० वर्षीय वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय फौदबहादुर श्रेष्ठ रहेका छन् ।
घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखेर घर फर्किने क्रममा अचानक भीरबाट लडेर दुईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post