इटहरी : नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथी पारेर बिहीबार इटहरीमा वृक्षारोपण गरिएको छ ।
नेपाल प्रेस युनियन इटहरी नगर समितिले इटहरीको तालतलैयास्थित वृक्षारोपण गरेको हो ।
युनियन इटहरी नगर संयोजक विनय बाह्रकोटीका अनुसार नेता गिरीको ७६ वर्षको उमेरमा १३ दिनअघि निधन भएको र उनको स्मृतिमा ७६ वटै विरुवा रोपिएको हो ।
उक्त वृक्षारोपणले वातावरणीय हिसाबमा सकारात्मक प्रभाव पार्ने उनले बताए । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त वृक्षारोपण कार्यक्रममा कांग्रेसका नेता तथा युनियन सम्बद्व पत्रकारहरूको उपस्थिति थियो ।
कार्यक्रममा कांग्रेस इटहरी सभापति समेत रहेका मेयर पौडेल, उपसभापति बालकृष्ण विष्ट, नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, तालतलैया संरक्षण विकास समिति अध्यक्ष लक्ष्मी खनाल लगायतले बोलेका थिए ।
उनीहरूले स्वर्गीय नेता गिरीले देखाएको बाटोको अनुशरण गर्नुपर्ने तर्क राखे ।














Discussion about this post