इटहरी : सूर्या इण्ड्रष्टिजले नेपालमै उत्पादन गरेको धारा पछिल्लो समय ब्राण्ड बन्दै गएको छ ।
शुक्रबार इटहरीमा एक कार्यक्रम गर्दै कम्पनीले आफूहरूले उत्पादन गरेको धारा पछिल्लो समय ब्राण्ड बन्दै गएको जनाएको हो ।
१ नं. प्रदेशको वितरणको जिम्मा लिएको इटहरीको मामा–भाञ्जा ट्रेडर्सले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै प्रदेशभरीका बिक्री कक्षहरूलाई परिचयात्मक कार्यक्रमको समेत आयोजना गरेको छ ।
ट्रेडर्सका सञ्चालक रबिन निरौलाका अनुसार दश वर्षे ग्यारेण्टीसहित अहिले धारा बिक्री गरिदैँ आइएको छ । पछिल्लो समय बजारमा उक्त धाराको माग बढ्दो रहेको निरौलाले बताए ।
‘दश वर्षको ग्यारेण्टीसहित हामीले धारा वितरण गर्दै आएका छौँ,’ उनले भने, ‘स्वदेशमै उत्पादन भएको धारा प्रयोग गरौँ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’
उनका अनुसार उक्त कार्यक्रममा वितरण र बिक्री कक्ष तथा प्राविधिकहरूबीच एकआपसमा सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले आयोजना गरिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक शिव पराजुलीका अनुसार स्वदेशमै उत्पादन भएको सूर्या इण्ड्रष्टिजको उक्त धारा प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।
‘हामीले उत्पादन गरेका धाराहरूलाई ग्राहकसम्म पु¥याउनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ,’ उनले भने, ‘धेरैको जिज्ञासा मेट्नका निम्ति हामीले यो कार्यक्रम आयोजना गरिएको हो ।’
उनले उक्त धारा प्रयोग गरिएको दश वर्षसम्म टुटफुट भएमा नयाँ दिने समेत बताए ।













Discussion about this post