Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियनद्वारा दुर्घटनापीडित सञ्चारकर्मी प्रेस चौतारीका नगर संयोजक क्षेत्रीलाई एक लाख हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०७९
in समाचार
0
प्रेस युनियनद्वारा दुर्घटनापीडित सञ्चारकर्मी प्रेस चौतारीका नगर संयोजक क्षेत्रीलाई एक लाख हस्तान्तरण
106
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी प्रेस चौतारी नेपाल दुहबीका नगर संयोजक मित्र क्षेत्रीलाई बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

शुक्रबार (आज) दुर्घटना पीडित सञ्चारकर्मी क्षेत्रीको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, महासंघ एवम् युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्समा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । बिमित सञ्चारकर्मी क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए ।

अधिकारीका अनुसार यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई गत भदौ ११ गते नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।

‘हामीले गत ११ गते मात्रै दुर्घटनामा परेका अर्का सञ्चारकर्मीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका थियौँ,’ अधिकारीले भने, ‘प्रेस युनियनले सबै संगठनमा आस्था राख्ने पत्रकारहरूलाई समस्यामा सहयोग गर्दै आएको छ ।’

उनले जुनसुकै संगठनमा रहेपनि पत्रकार एउटै भएकाले उनीहरूको समस्यामा आफूहरूले मल्हमपट्टी लगाउने काम गरिरहेको बताए । उनले भने, ‘संगठनको नेतृत्व गर्नु भनेको अतिथि आसन ग्रहण गर्न मात्रै होइन, पत्रकारको समस्यामा काम गर्नका लागि हामी जुनसुकै बेला तत्पर छौँ ।’

एक लाख रुपैयाँको चेक बुझ्दै सञ्चारकर्मी क्षेत्रीले आफू दुर्घटनामा पर्दा युनियन सुनसरीले ठूलो सहयोग गरेको स्मरण गरे ।

‘दुर्घटनामा परेको समयदेखि नै प्रेस युनियनले ठूलो सहयोग गरेको छ,’ उनले भने, ‘हस्पिटलमा आवश्यक परेको समयमा होस् वा अन्य समयमा नै, यो मेरो लागि ठूलो सहयोग हो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले प्रेस युनियन सुनसरीले गरेको उक्त कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले भने, ‘समस्या परेको बेला संगठन चाहिन्छ भन्ने उदाहरण युनियन सुनसरीले देखाएको छ, यो सराहनीय छ ।’ उनले पत्रकार महासंघबाट पनि दुर्घटनामा परेका सञ्चारकर्मीहरूका लागि थोरै भएपनि राहत उपलब्ध गराउँदै आएको समेत बताए ।

कार्यक्रममा प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला लगायतले बोलेका थिए ।

‘हाम्रा समस्या दिनानुदिन बढ्दै गएको छ, साझा समस्या समाधानमा हामी सबै पत्रकार एकजुट हुनुपर्छ,’ प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष पुरीले भने, ‘हाम्रा मुद्वा सँगै छन्, समस्या सँगै छन्, त्यसैले हामी सबै मिलेर काम गर्नुपर्छ ।’

यो पनि – प्रेस युनियन सुनसरीद्वारा दुर्घटना पीडित सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण

भिडियो

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमापवन अधिकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    347 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.