मोरङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार घरदैलोकोका क्रममा सुन्दरहरैंचा १२ पुगेकी थापालाई महिलाहरूले जिताउने प्रतिबद्धता समेत जनाएका छन् ।
स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन् । उनले भनिन्, ‘उहाँलाई साथ दिन्छौँ। उहाँ स्थानीय पनि हुनुहुन्छ।’
मोरङ ३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका डा. सुनील शर्मा चुनावी मैदानमा छन् । यही क्षेत्रकी बासिन्दा समेत रहेकी राप्रपाकी थापा चुनावी मैदानमा होमिदाँ चुनावी माहोल थप रोचक बनेको छ।
यस्तै, बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा विजयी भएका नेताले जनतालाई दिएको आश्वासन पूरा गर्न नसक्दा पुराना दलहरूप्रति मतदाता आक्रोशित छन् ।














Discussion about this post