तरहरा : इटहरी २० तरहरामा युवा संघसहित अन्य विभिन्न राजनीतिक दलका दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार एक कार्यक्रमकाबीच नेकपा एमालेको भातृ संगठन युवा संघसहित विभिन्न राजनीतिक दलका दुई दर्जन बढी नेता तथा कार्यकर्ताहरूलाई दीपक पुरीको नेतृत्वमा कांग्रेसमा प्रवेश गराइएको हो ।
कार्यक्रममा उनीहरूलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राई र नेपाली कांग्रेस इटहरी २० का सभापति अर्जुन बस्नेतले स्वागत गरेका थिए ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी घरदैलो कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको बताइएको छ ।
सुनसरी क्षेत्र नं. २ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ सुनसरी २ (क) मा नेकपा माओबादी केन्द्रका द्वारिकलाल चौधरी चुनावी मैदानमा छन् ।
यी हुन् युवा संघमा रहेका व्यक्तिहरू –
धीरज राई
राजा बिष्ट
प्रबिण भारती
पारस वन
इनम गिरी
सुन्दर देउजा
मनिकुमार देउजा
सूर्य वन
दीपेस देउजा
गनेश बरुवाल














Discussion about this post