उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकामा एक स्थानीयको रुखबाट लडेर मृत्यु भएको छ ।
बाख्रालाई घाँस काट्न गएका त्रियुगा नगरपालिका १५ खाँबु बरुवा डहरका ५५ वर्षीय दलबहादुर राईको लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान ११ बजे घरनजिकै घोत्लीको घाँस काट्न रुख चढेका राई अकस्मात लडेर घाइते भएका थिए ।
बाँया नली खुट्टा र टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएको थियो ।
दिउँसो १ बजे अस्पताल ल्याइपुर्याएपनि राईको उपचारकै क्रममा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post