बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षलाई विस्तार नभइ व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
आरक्ष क्षेत्रलाई पर्या पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर स्थानीयको आयआर्जन जोड्नका निम्ति आँफू सकारात्मक रहेकाले यो क्षेत्रसँग जोडिएका बासिन्दाको बिस्थापन नभइ व्यवस्थापन गर्नुपर्नेमा प्रमुख कार्कीले जोड दिए ।
सोमबार (आज) कोसी टप्पु वन्यजन्तु आरक्षले कुसाहामा समसामयिक विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले आरक्षबाट आउने जंगली जनावारले गर्ने क्षतिको विषयमा समेत जानकारी गराएका थिए ।
आरक्षबाट निक्कने जनावरले मानव बस्तिमा पु¥याउने जनधनको क्षतिपूर्तिलाई सहज बनाउन र न्यून क्षतिपूर्तिको रकमलाई बढाउनका निम्ति आँफूले पहल गरेको बताए ।
गत साउन ८ गते आरक्षभित्र मोटरसाइकलमा सवार गर्दै गर्दा रुखले खिचेर घाइते भएका स्थानीय बराहक्षेत्र १ का सगेन्द्र विष्टलाई क्षर्तिपूर्ति उपचार खर्चको लागि समेत वन्यजन्तु आरक्षको कार्यालयसँग उनको माग छ ।
यस्तै, वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति न्यूनीकरण गर्न सरोकारवाला पक्षले आरक्षका संरक्षण अधिकृत रमेश यादवसँग आग्रह गरेका थिए ।












Discussion about this post