तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी इटहरी १ स्थित मदर्शा विद्यालयमा जाडोको न्यानो कपडा वितरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा सभापति सुमन दाहालका अनुसार ४० जना विद्यार्थीलाई जाडोमा प्रयोग हुने स्वीटर, कार्पेट र म्याट वितरण गरेको हो ।
रेडक्रसले यसअघि पनि विपन्न विद्यार्थीहरूलाई सहयोग गर्दै आएको दाहालले बताए ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो । श्रेष्ठले उक्त काम मानवीय सेवा भएकाले सकारात्मक भएको बताए ।














Discussion about this post