तरहरा : तरहरा जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमबीच तरहरा शाखाको पदस्थापन सम्पन्न भएको हो ।
वर्ष २०२२ का अध्यक्ष उमेश राईले वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङलाई पद हस्तान्तरण गरेका थिए ।
यस्तै, कार्यकारीणी उपाध्यक्षमा विवेक विवश रेग्मी, निशाल खुलाल, उपाध्यक्षमा ओनिश अधिकारी, मदन बस्नेत, विनिता तामाङ र रोशन भुजेलले पदभार ग्रहण गरेका थिए । यस्तै, सचिवमा गोविन्द लामिछाने र जनसम्पर्क अधिकारीमा प्रभास गौतमले पदस्थापन लिएका छन् ।
यस्तै, कानुनी सल्लाहकारमा ओम खड्का, महासचिवमा चेवन खतिवडा र कोषाध्यक्षमा प्रेम चौधरीलाई मनोनीत गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वर्षभरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान समेत गरियो ।














Discussion about this post