इटहरी : इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (सोमबार) भएको खेलमा मछिन्द्रले पाहुना टोली कंचनजङ्गा फुटबल क्लब भारतलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित स्थान तय गरेको हो ।
मछिन्द्रका लागि टिम क्याप्टेन आफिज ओलाओले ४ गोल गर्दा मछिन्द्रकै विजय भुजेलले १ गोल गरे ।
यस्तै, कंचनजङ्गाका लागि अनिष राईले २ गोल गरे ।
इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।














Discussion about this post