अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय प्रविधि क्याम्पसले कोरोना उपचारमा पोसणविद्लाई पनि समाबेश गराउँन माग गरेको छ ।
पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथि जित हासिल गर्न सकिने भन्दै अनेरास्ववियूले पोषणविद्लाई समावेश गर्न माग गरेको हो ।
पोषणविदहरुको आवश्यकता महसुस गराउन क्याम्पसले अभियान समेत चलाएको थियो । उक्त अभियानमा एकै समयमा क्याम्पसका सबै विद्यार्थीहरुले स्वास्थ्य मन्त्रीलाई एस.एम.एस समेत गरेका थिए ।
रोगबाट लड्ने प्रतिरोधात्मक क्षमता बढाउन पोषणको आवश्यकता पर्ने भएकाले पोषणविद्हरुको पनि यस्ता विभिन्न महामारीमा अत्यन्त आवश्यक पर्ने केन्द्री प्रबिधी क्याम्पसका साबिक अनेरास्वबियू (क्रान्तिकारी) का अध्यक्ष सुदर्शन गोसाईले बताए ।
यससंगै विभिन्न क्षेत्रबाट पनि पोषणविद्हरुलाई कोरोना उपचारमा समाबेश गराउनका लागि माग हरु उठ्न थालेको छ ।
Discussion about this post