धरान : सशस्त्र प्रहरीको टोलीले बिहीबार बिहान २ सय २७ किलो गाँजा बरामद गरेको छ।
गाँजा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
धनकुटाबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बर मिनी ट्रकमा ल्याउँदै गरेको गाँजा धरान उपमहानगरपालिका १३ स्थित शिवधाराबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिँधुवाका अन्दाजी ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथर जोरपाटी २ ओख्रेका अन्दाजी २८ वर्षीय चूणामणि कटवाल रहेका छन् ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस धरानबाट खटिएको डीएसपी सुरज रिजाल नेतृत्वको टोलीले गाँजा नियन्त्रणमा लिँदै उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




















Discussion about this post